अन्तिम कारोबारको दिन यी हुन् सर्वाधिक खरिदबिक्री हुने कम्पनी
२५ जेठ,काठमाडौं । साताकाे अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९ विन्दुमा पुगेको छ ।
आज २ अर्ब ३० करोडमाथिको कारोबार भएको छ । आज आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन १० करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ८ करोड ७० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ करोड २८ लाख रुपैयाँ र नेपाल टेलिकमको ८ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १५:१०












