कतिमा भयो दोल्ती पावर र भुगोल इनर्जीको पहिलो कारोबार ?
२५ जेठ, काठमाडाैं । दोल्ती पावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर कारोबार आज बिहीबारबाट खुलेको छ। स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।
यस दिन स्पेशल प्रि ओपन सेसनमा दोल्ती पावरको सेयर प्रतिकित्ता २६१ रुपैयाँमा पहिलो कारोबार भएको छ भने भुगोल इनर्जीको सेयर २०२ रुपेयाँ ८ पैसामा पहिलो कारोबार भएको छ।
यी दुबै कम्पनीको सेयर जेठ २४ गते बुधबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले दोल्ती पावर कम्पनीलाई पहिलो कारोबारको लागि ८७ रुपैयाँ देखि २६१ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो भने भुगोल इनर्जीलाई ६७ रुपैयाँ ६३ पैसा देखि २०२ रुपैयाँ ८९ पैसा ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा आज कम्पनीहरुको सेयर कारोबार भएको हो।
प्रकाशित मिति : June 8, 2023 at 11:09 am









