१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से

२५ जेठ, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार ४.६८ अंकले बढेर १९३२.३४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०६ अंकले बढेर १९३३.४० विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा २४ स्टकको २ लाख ६९ हजार ४३७ रुपैयाँ ७० पैसा बराबरको ५६६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 8, 2023 at 11:03 am