२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

आइएमई लाइफ इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति

२४ जेठ, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।  धितोपत्र बोर्डले मंगलबार कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएकाे हाे । योसँगै आईएमई लाइफ नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको आईपीओ  बिक्री खुला गर्नेछ।

कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ६ लाख कित्ता छुट्याएको छ। बाँकी १ करोड १४ लाख कित्तामा सर्वसाधारण (कर्मचारी र सामूहिक लगानी कोषसहित)ले आवेदन दिन पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

प्रकाशित मिति : June 7, 2023 at 10:57 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/