१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

प्रचण्डलाई ओलीको व्यङ्यः पूजापाठबाट अर्थतन्त्र सुदृढ हुँदैन

२३ जेठ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुजापाठबाट अर्थतन्त्र सुधार नहुने भन्दै व्यङ्ग्य गरेका छन् । मंगलवार प्रतिनिभिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई व्यङ्य गर्दै उनले पूजापाठबाट नभएर भिजनसहितको योजनावद्ध प्रयासबाट मात्रै अर्थतन्त्रमा सुधार आउने बताए ।

उनले भने,‘यहाँ भएन भने इण्डिया गएर १०८ किलो चढाएर भए पनि भगवान छन् नि हाम्रा किन कोशीस गर्न पर्यो भन्ने छ । तर, त्यसरी अर्थतन्त्र सुदृढ हुँदैन्,संसारमा पूजापाठबाट अर्थतन्त्र सुदृढ काँही पनि भएको छैन् अर्थमन्त्री ज्यू ।’

अर्थतन्त्रको सुधारको लागि भारतसँग आस गरेको आरोप लगाउँदै उनले पूजापाठ गरेर भगवानलाई खुशी बनाएर नहुने तर्क गरे ।
योजनावद्ध प्रयासबाट देशको अर्थतन्त्र सुधार गर्न सकिने उनको भनाई छ ।

प्रकाशित मिति : June 6, 2023 at 5:07 pm