सेयर बजारमा दोहोरो अंकको वृद्धि, १ अर्ब ९८ करोडकाे काराेबार
२३ जेठ, काठमाडाैं । साताकाे तृस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६६ अकंले बढेर १९२७.६५ बिन्दुमा बन्द भएको छ । आज २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । न्यादी हाइड्रोपावर कम्पनी र सनराइज फोकस्ड इक्विटी फण्डको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आज सेन्चुरी डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १५:२६












