हरियाली छाएकाे बजारमा यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी
२३ जेठ, काठमाडाैं । साताकाे तृस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६६ अकंले बढेर १९२७.६५ बिन्दुमा बन्द भएको छ । आज २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।
यस दिन सोल्टी होटल लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे आज ९ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।त्यस्तै, शिवम् सिमेन्ट्सको ९ करोड १७ लाख, अपर तामाकोशीको ८ करोड ५६ लाख, नेपाल टेलिकमको ७ करोड २९ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १५:१९












