२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सिंगटी हाइड्रो इनर्जीले बोलायो साधारण सभा, हकप्रदसहित यी प्रस्ताव पारित हुने

२३ जेठ, काठमाडाैं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सिंगटी हाइड्रो इनर्जीले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले संस्थाकाे बाह्रौँ र तेह्रौँ वार्षिक साधारणसभा असार १३ गते, धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको हो।

सभाले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह क बाट ४ जना र समूह ख बाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोनार्थ कम्पनीले जेठ ३१ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३० गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको वार्षिक साधारणसभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : June 6, 2023 at 11:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/