८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

नबिल बैंकका एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा

१८ जेठ, काठमाडाैं । नबिल बैंक लिमिटेडले एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ।स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीयस्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो।

‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ। ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ।

त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुईवटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको हो।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले ८ वटा र बैंकका सञ्चालक निर्वाण चौधरीले ८ वटा शाखाहरु उद्घाटन गरिएको हो। त्यस्तैगरी बैंकका सञ्चालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक सञ्चालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७÷७ वटा शाखाको उद्घाटन गरेका हुन्।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, बैंकका उच्चपदस्थ अधिकारीहरु र बैंकका कर्मचारीहरुको उपस्थिति थियो। ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ।

प्रकाशित मिति : June 1, 2023 at 5:38 pm