१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

प्रधानमन्त्री अोली अाज झापा जाँदै, जिल्लावासीसँग दशैँको शुभकामना अादानप्रदान गर्दै

१ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन । हरेक बर्ष गृहजिल्लामा आफैंले आयोजनना गर्ने चियापान कार्यक्रमका लागि प्रधानमन्त्री ओली झापा जान लागेका हुन । प्रधानमन्त्री ओली आज बिहान १० बजे काठमाडौंबाट गृहजिल्ला झापा जाने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

पौने ११ बजे गृहजिल्ला झापा उत्रिएलगत्तैबाट प्रधानमन्त्री ओली भेटघाट र कार्यक्रममा व्यस्त हुनेछन । झापामा रहँदा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रममा सहभागी हुनेछन भने लगत्तै प्रधानमन्त्री ओलीकै आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा दसैंको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम हुनेछ । त्यसलगत्तै अोली अपरान्ह काठमाडाैँ फर्कने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्री ओलीले हरेक बर्ष बडादसैंको अवसरमा गृहजिल्ला झापामा चियापान गर्दै अाएका छन ।

प्रकाशित मिति : October 18, 2018 at 7:16 am