१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

हिमाल मुलुकको आर्थिक समृद्धीका महत्वपूर्ण आधारः मन्त्री शर्मा

१४ जेठ, काठमाडौं । सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले हिमाल आरोहण अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताएकी छिन् । पहिलो हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा उनले हिमाल आरोहणबाट आर्थिक विकास गर्न सकिने भन्दै हिमालको व्यापक प्रचार आवश्यक भएको बताईन् ।

उनले भनिन् ‘अहिले एक जना व्यक्तिले हालेको भिडियोको आधारमा धेरै मानिसहरु घुम्न जाने बाटो बन्ने अवस्था सिर्जना भएको छ । हिमाललाई पनि प्रचार गर्न सक्ने हो भने यसबाट पनि फाईदा लिन सकिन्छ । र प्रविधिको प्रयोबाट यो सम्भव भएको छ।’

एउटा भिडियोले पनि प्रचार प्रसारमा राम्रो भूमिका खेलेको भन्दै उनले त्यसतर्फ लाग्न सबैलाई अनुरोध गरिन् । उनले भनिन् ‘हिमाल आरोहण अर्थतन्त्रको महत्वपूर्ण आधार पनि हो, अहिले देशमाआर्थिक संकट छ, त्यसकारण हिमाल आरोहणलार्ई कसरी व्यापक प्रचार प्रसार गर्ने, कसरी यसलाई अगाडि बढाउने पर्यटकीय हिसाबले कसरी गर्ने भन्ने विषयमा नेटवर्कको राम्रो व्यवस्थापन गर्न सकियो भने सबै मान्छे हिमाल चढ्न नसके पनि त्यस्तो स्थानको भिडियोहरु बनाएर हामीले पर्यटकिय क्षेत्र बढाउन सक्छौ जस्तो लाग्छ ।’

बेसक्याम्पसम्म नेटवर्क र सरसफाईको धेरै समस्या देखिएको भन्दै उक्त समस्या समाधानको लागि सरकारको तर्फबाट प्रयासहरु भईरहेको पनि बताईन् ।

प्रकाशित मिति : May 28, 2023 at 4:15 pm