गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता
२७ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस.जयशंकरबिच भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन भारत गएका गृहमन्त्री गुरुङ र विदेशमन्त्री जयशंकरबिच बुधबार भेटवार्ता भएको हो ।

भेटमा नेपाल–भारत बिचको द्विपक्षीय सम्बन्ध र हालै नेपालमा आएको बाढी लगायतको विषयमा कुराकानी भएको बताइएको छ । गृहमन्त्री गुरुङ नेपाल फर्किन लागेका बेला दुई नेता बिचमा छोटो भेटघाट भएको बताइएको छ । विदेशमन्त्री जयशंकरले आफ्नो एक्समा लेखेका छन्, ‘नेपालका गृहमन्त्री सुधन गुरुङलाई भेटेर खुसी लाग्यो ।’
प्रकाशित मिति : October 14, 2026 at 6:13 pm







