काठमाडौंको तारकेश्वरमा गोली चल्यो
२७ असोज, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरेकाे हाे । उनकाे साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।

पक्राउ परेका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन।
प्रकाशित मिति : October 13, 2026 at 5:44 pm







