२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

माछापुच्छ्रे बैंकको २८ औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२७ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्रान्डमा बैंककाे २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

 उक्त साधारण सभाले बैंकको संस्थापक सेयरधनीहरूको तर्फबाट रोशन के.सी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै सर्वसाधारण सेयरधनिको तर्फबाट विश्वप्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको छ । साथै, त्यसपछि बसेको सञ्चालक समितिको बैठकले रोशन केसीलाई आगामी चार वर्षे कार्यकालका लागि बैंकको अध्यक्षमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ।

साथै, सोही साधारण सभाले बैंकको आर्थिक बर्ष २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश  (कर सहित)  गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरण पश्चात बैंकको कुल साधारण चुक्ता पुँजी रु. १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयर सहित बैंकको चुक्ता पुँजी रु. १५ अर्ब ४५ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा रु. १ अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिसेयर आम्दानी रु. १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो ।

प्रकाशित मिति : October 14, 2026 at 4:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/