फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्यो लाभांश
२८ असोज, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज २७ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ।
प्रकाशित मिति : October 14, 2026 at 10:31 am







