२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

२९ अर्ब १३ करोडकाे ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज

१४ जेठ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज जेठ १४ गते २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।  राष्ट्र बैंकले जेठ १६ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो।

केन्द्रीय बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल असार १२ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँ बराबरकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल भदौ १२ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल मंसिर १२ गते परिपक्क हुनेछ । भने ३६४ दिनका लागि १२ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८१ जेठ १५ गते परिपक्क हुनेछ।

यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : 11:14