एसियन हाइड्रोपावरले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?
११ जेठ, काठमाडाैं । एसियन हाइड्रोपावर लिमिटेडले चौथो वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे जेठ १० गते बसेकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार वार्षिक साधारणसभा जेठ ३२ गते ललितपुरको द इन्ट्रान्स क्याफेमा बिहान ११ बजेबाट सुरू हुनेछ।
सभाले नियमावलीमा रहेका विभिन्न नियममा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। नियमावली संशोधनमा नियमनकारी निकायबाट निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ।
साथै, सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्ने, आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन लगायका प्रस्तावहरू अनुमोदन गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लघुवित्तको वार्षिक साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : May 25, 2023 at 11:28 am









