२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनकाे कति ?

१० जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

१) युनाइटेड मोदी हाइड्रोपावर

नेप्सेमा कम्पनीकाे ७ प्रतिशत बोनस बापतकाे ८ लाख ५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।

२) छिमेक लघुवित्त वित्तीय संस्था

नेप्सेमा कम्पनीकाे २२ प्रतिशत बोनस बापतकाे ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

प्रकाशित मिति : May 24, 2023 at 1:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/