२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

क्यामरा अघि अपशब्द बोल्ने म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो कारबाहीमा

३० असोज, काठमाडाैँ । म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलाई युरोपेली फुटबल महासंघ युइएफएले कारवाही गरेको छ ।न्यूक्यासल युनाइटेडविरुद्धको खेलमा टेलिभिजन क्यामराको अगाडि अपशब्द बोलेको भन्दै युइएफएले उनलाई कारवाही गरेको हो । खेलमा २–० ले पछि परेको अवस्थामा युनाइटेडले ३–२ को जित हात पारेको थियो ।

लिप रिडर प्रविधि प्रयोग गरेपछि क्यामरामा उनले अपशब्द बोलेको प्रमाणित भएको थियो । कारवाही विरुद्ध अपिल गर्नका लागि उनलाई ७२ घण्टाको समय दिइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलवार २१:२२