हरियाली छाएकाे बजारमा यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी
८ जेठ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अकंले बढेर १८९१.३१० बिन्दुमा बन्द भएको छ । आज सेयर बजारमा एक अर्ब २७ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ६ करोड १७ लाख, ओरियन्टल होटलको ५ करोड ३९ लाख, एनआइसी एशिया बैंकको ४ करोड ८३ लाख र राष्ट्रिय बीमा कम्पनीको ४ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १५:०९












