१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

मर्जर प्रस्ताव पारितका लागि प्रभु र महालक्ष्मी लाईफले एकैदिन बाेलाए साधारण सभा

५ जेठ, काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले एकै दिन साधारण सभा बाेलाएका छन् । दुवै कम्पनीले मर्जर प्रस्ताव पारितका लागि जेठ २६ गते एकै दिन साधारण सभा बाेलाएका हुन्।   प्रभु लाइफले विशेष साधारण सभा आयोजना गर्न लागेको हो भने महालक्ष्मी लाईफले पाँचौ वार्षिक साधारण सभा आयोजना गर्न लागेको हो ।

महालक्ष्मी लाईफले बिहान ११ बजे होटल अकामा, धुम्बारही, काठमाडौंमा सभा गर्न लागेको छ भने प्रभु लाइफले बिहान ११ बजे लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौंमा सभा गर्न लागेको हो ।

महालक्ष्मी लाईफले प्रभु लाइफसँगैका मर्जर प्रस्तावका लागि तय भएको १ः१ सेयर आदानप्रदान गर्ने सहमतिलाई सभामार्फत स्वीकृति प्रदान गर्नेछ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै मर्जरका लागि आगामी दिनमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय समेत महालक्ष्मी लाईफको सभाले गर्नेछ ।

त्यस्तै प्रभु लाइफले मर्जर सम्बन्धी आवश्यक प्रस्तावसँगै प्रस्तावित लाभांश समेत सभामार्फत पारित गर्नेछ । प्रभु लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ० .५२ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।

प्रभु लाइफले सभा प्रयोजनका लागि जेठ १२ गते एक दिन बुक क्लोज गर्दैछ । यसकाे अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागि हुन सक्नेछन् । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच गत असार ३० गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो ।

प्रकाशित मिति : May 19, 2023 at 2:15 pm