नेप्सेमा थप ११ लाख १५ हजार कित्ता बोनस सेयर सूचिकृत
४ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १२.३५ प्रतिशत बोनस बापतको ११ लाख १५ हजार ७३३.६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १६:१४












