आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
४ जेठ, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३० अकंले बढेर १८७७.३२ बिन्दुमा बन्द भएको छ । आज २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजार उच्च अंकले बढता पनि केहि कम्पनीको सेयर मूल्य घटेको छ । आज एनआइबिएल ग्रोथ फण्ड, हिमालयन बैंक डिभेन्चर २०८३, एनएमबि ५०, सामुदायिक लघुवित्त, किसान लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १५:३७












