८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

अन्तिम काराेबारकाे दिन यी हुन् सर्वाधिक काराेबार हुने कम्पनी

४ जेठ, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३० अकंले बढेर १८७७.३२ बिन्दुमा बन्द भएको छ । आज २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ८ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ७ करोड ११ लाख, एनआइसी एशिया बैंकको ६ करोड ७६ लाख, एभरेष्ट बैंकको ३ करोड ५९ लाख र नागरिक लगानी कोषको ३ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १५:३०