१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

खातावालाहरुका लागि ग्लोबल आइएमई बैंकले जारी गर्याे यस्ताे सूचना

४ जेठ, काठमाडाैं । ग्लोबल आइएमई बैंकले एक भन्दा बढी डेबिट/क्रेडिट कार्ड तथा खाता भएका ग्राहकलाई एक सूचना जारी गरेको छ । बैंकले एक सूचना जारी गर्दै खातावालाहरुले अव एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने जनाएकाे हाे ।

नेपाल राष्ट्र बैकबाट जारी गरिएको एकीकृत निर्देशनमा २०७९ को इ.प्रा.निर्देशन नं. (२१.०७९) बुँदा नं ४४ बमोजिम बैक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (ने.रा. बैंकले तोके बाहेक) खोल्न नपाईने एवं एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड जारी गर्न नपाईने व्यवस्था रहेको छ । बैंकले उक्त प्रकारका खाता खोलि कारोबार गरिरहेका ग्राहकलाई २०८० जेठ १५ गते भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा गई १ भन्दा बढी कार्ड तथा खाता बन्द गरिदिन बैंकले आग्रह गरेको हो ।

बैंकका अनुसार स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता वा कार्ड लिएका ग्राहकले जेठ १५ भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा कार्ड तथा खाता बन्द गनुपर्ने छ । उक्त समयपश्चात त्यस्ता खाताहरु मध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरु बैंकको निर्णयअनुसार बन्द गरिने वा रोक्का राखिने बैंकले जनाएको छ ।

साथै, १० बर्ष देखि शुन्य मौज्दात रही कारोवार नभएका खाताहरु समेत आफैले बन्द गर्न सक्ने भएको हुंदा त्यस्तो खाता रहेका ग्राहकले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको बिवरण अद्यावधिक गरी खाता सञ्चालन गर्ने सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : May 18, 2023 at 2:11 pm