४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्न आदेश दिएकाे छः प्रधानमन्त्री प्रचण्ड

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्न आदेश दिएकाे बताएका छन् । बिहिबार संसदमा रास्वपा सांसद शिशिर खनालले साेधेकाे प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा थरुहट आन्दोलन र मधेश आन्दोलनको विषयमा छानबिन गरेर रिपोर्ट पेश गर्नका लागि लाल आयोग गठन भएको कुरा साँचो हो।

त्यो आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्नेभित्रै पर्छु म पनि तर, त्यसलाई कुन रूपमा प्रस्तुत हुने भन्दै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नु भन्ने फैसला गरेको जानकारी गराउँछु।’ उक्त फैसलालाई कुनै किसिमले पुनरावेदन गरेर खुला गरेपछि सार्वजनिक गर्ने उनले बताए ।

प्रकाशित मिति : 13:48