२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

न्यायपूर्ण नभएपनि सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प छैनः रेशम चौधरी

३ जेठ, काठमाडाैं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताएका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘मिति २०८० ज्येष्ठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’ टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैस्ला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ’, उनले भनेका छन्, ‘हामी सम्मानित अदालतलाई सदा समान गर्छौं, साथै सम्मानीत अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ ।’

यो निर्णयकै कारण न्यायालयप्रतिको भरोसा नटुट्ने उल्लेख गर्दै सबैले सर्वोच्चको निर्णयको सम्मान गरिदिन पनि आग्रह गरेका छन् । उनले आफु डिल्लीबजार कारागारमा रहदा पनि रत्तिभर विचलित नभएको उल्लेख गर्दै आफु स्वस्थ्य पनि भएको बताएका ।

प्रकाशित मिति : May 17, 2023 at 1:59 pm