२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पूर्व गृहमन्त्री खाँणको बयान जारी

२ जेठ, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौंमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसंग बयान लिइहरेको छ । सोमबारबाट नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणको बयान सुरु गरेको सरकारी वकिलको कार्यालयले आज पनि बयानलाई निरन्तरता दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्ट लगायतको उपस्थितिमा उनको बयान भइरहेको छ । आजै बयान सक्ने गरी तयारी गरिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १६:०४