२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

हिजोका मन्त्री, उपप्रधानमन्त्री कौडीको भाउमा विक्रि नहुने वस्तु बनेः विप्लव

१ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले हिजोसम्म मन्त्री उपप्रधानमन्त्री भएका मान्छेहरु आज २ कौडीको भाउमा विक्रि नहुने एउटा लिलामी वस्तुको रुपमा फ्याँकिएको बताएका छन् ।काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा महासचिव विप्लपले हिजोसम्म मन्त्री, उपप्रधानमन्त्री भएका व्यक्तिहरु यसरी बदनाम बन्नु गलत भएको बताए । उनीहरु आज जेलको चिसो छिडीमा रुदै बस्नु परेको अवस्था देख्दा नेपाली जनतालाई राजनीतिप्रति वितृष्णा बढ्नु स्वभाविक भएको बताए ।

उनले भने ’ हामी आफै युवा अवस्थादेखि पञ्चायतविरुद्धको संघर्षमा सहभागी भएर हामी जेल पर्यौ नेल खायौं । हामी माथि थुप्रै खालका यातनाहरु दिइए तर हामी झुकेनौं। हामी लड्यौं र लड्दै लड्दै यहाँसम्म आयौं थुप्रै खालका शासनहरु आए र आज हामीले संसदीय व्यवस्था ल्याएका छौं । यो व्यवस्था आउनुको पछाडि नेपालका लाखौलाख न्याय प्रेमी जनताको रगत, पसिना श्रम दुःख मिसिएको छ । र, त्यसैले केही न केही राजनीतिक परिर्वतन पनि भएको छ ।
महासचिव चन्दले विगतमा जनताले गरेका त्यागको चर्चा गर्दै अहिले पनि जनता पहिले जस्तै एकजुट हुनु पर्ने अवस्था आएको बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १७:४५