२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

शरणार्थी प्रकरणमा खुट्टा नकमाउन प्रहरीलाई माधव नेपालको आग्रह

१ जेठ, काठमाडाैं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शरणार्थी प्रकरणमा मुछिएका भ्रष्टाचारीलाई छानबिन गरि कारबाहीको दायरामा ल्याउन प्रहरीले खुट्टा कमाउन नहुने बताएका छन् । सोमबार पर्सामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीदेखि सरकार सबैलाई आफ्नो पूरा सर्मथन रहेको भन्दै शरणार्थी प्रकरणमा परेका कोही पनि दोषी नउम्कने गरि छानविन र कारवाही गर्न गृहमन्त्रीदेखि प्रहरीले आँट गर्नुपर्ने बताए ।

‘दोषी नउम्किउन भन्ने मान्यताको आधारमा यो सरकारले दृढताका साथ अगाडि बढ्नुपर्छ । निश्चयनै प्रधानमन्त्रीले आँट गर्नुपर्छ,गृहमन्त्री,प्रसाशन ,प्रहरी र सबै क्षेत्रका जिम्मेवार व्यक्तिले आँट गर्नुुपर्छ ।’ नेपालले भने । उनले देशको नागरिकको पहिचान बदलेर विदेश पठाई पैसा कमाएर देशको मान, सम्मान र मर्यादामा आँच पुर्याउने काम गरेको भन्दै भुटानी शरणार्थी मात्र नभइ कुनै पनि भ्रष्टचारजन्य क्रियाकलापमा संलग्नलाई दण्ड सजाय दिनुपर्ने बताए । अध्यक्ष नेपालले अहिलेको गठबन्धन ५ वर्षसम्म टिक्ने दाबी समेत गरे । सरकारी कार्यालयहरुमा साना देखि ठूलो ओहदासम्मकालाई जनताले पैसा नखुवाई काम गर्न सक्ने स्थिति नभएको पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १७:४१