१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

प्रदेश ३ काे राजधानी सारे नाकाबन्दी गर्ने नेपाली कांग्रेसको चेतावनी

२८ असोज, काठमाडाैँ । प्रदेश ३ को प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी हेटौंडा भन्दा अन्यत्र लैजाने तयारी भए नाकाबन्दी गर्ने चेतावनी दिएका छन । संघीयताको अभ्यास गर्ने अनि राजधानी घरको आँगनमै लैजानुपर्ने भन्दै उनले राजधानी हेटौंडामै कामय रहनुपर्ने जिकिर गरे ।

हेटौंडामा जिल्ला समन्वय समिति, निर्माण व्यवसायी संघले आयोजना गरेको दुबै कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन ।निर्माण व्यवसायीलाई लक्षित उनले भने ‘कुनै पनि अवस्थामा राजधानी लैजान खोजिए व्यवसायका ल्याइएको उपकरण प्रयोग गरेर चुरेनाका बन्द गर्न तयार रहौं ।’ काठमाडौं राजधानी हुँदा कहिले कसैले अपायक भयो भन्न नपर्ने दुई घण्टामा आइपुगिने हेटौंडामा राख्दा अपायक भन्दै सार्न खोज्नु अव्यवहारिक भएको बानियाँको दलिल रहेको छ ।  अब राजनीति होइन राजधानी प्रमुख हो नेकपाका नेताहरुले बुझन जरुरी छ’ उनले भने ।

प्रकाशित मिति : October 14, 2018 at 10:34 pm