३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालय लगियाे

१ जेठ, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीलाई प्रहरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगेको छ। म्याद थपका लागि अदालतमा जानुअघि रायमाझीलाई सरकारी वकिलको कार्यालमा लगिएको हो।

रायमाझी सरकारी वकिलको कार्यालय पुग्दा हात हल्लाएर मुस्कुराउँदै अभिवादन गरे। आइतबार राति बुढानीलकण्ठको पासिकोटमा आफन्तको घरमा बसेकाे अवस्थामा उनलाई पक्राउ गरिएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनका छोरा सन्दीपलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

प्रकाशित मिति : May 15, 2023 at 3:09 pm