२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

तपाईंको खातामा आयो त एक कम्पनीको २५ प्रतिशत बोनस सेयर ?

१ जेठ, काठमाडौं । नेपाल ल्यूब आयलले सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीको गत असोज २८ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत बोनस सेयर असोज १३ गतेसम्म हितग्राहि खाता अभौतिकीकरण गराएका सेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा गरेको कम्पनीले जनाएको छ ।

साे मितिपछि हितग्राहि खाता अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमश साे बाेनस सेयर जम्मा गरिने कम्पनीले जनाएकाे छ । साथै, हालसम्म सेयर प्रमाणपत्र अभौतिकिकरण नगरेका सेयरधनीहरुले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि) मा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको सेयर धितो राखेका सेयरधनीहरुले नो अब्जेक्सन लेटर उपलब्ध गराए पश्चात् मात्र खातामा उक्त लाभांश जम्मा गरिनेछ ।

प्रकाशित मिति : May 15, 2023 at 11:47 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/