८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

चार खेल अगावै बार्सिलोनालाई ला लिगाको उपाधि

१ जेठ, काठमाडौं । चार खेल बाँकी छँदै बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा स्पान्योललाई ४–२ ले पराजित गरेसंगै बार्सिलोना ला लिगा च्याम्पियन बनेको हो । आरसिडिई स्टेडियममा गएराति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले समान एक एक गोल गरेका हुन् ।

स्पान्योलका लागि जेभिएर पुएडो, जोसेलुले गोल गर्दै खेललाई ४–२ को ल्याइदिए । यस जितसँगै बार्सिलोनाको ३४ खेलबाट ८५ अंक भएको छ । पराजित स्पान्योल ३४ खेलबाट ३१ अंक जोडेर १९औँ स्थानमा छ । बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ, अब बार्सिलोनाले सबै चार खेलमा हार व्यहोरेपनि रियलले बार्सिलोनालाई उछिन्दैन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार ०९:५८