२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरु बाँडफाँड

३१ वैशाख, काठमाडाैं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरु बाँडफाँड गरिएको छ। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को २०८० बैशाख ६ गते देखि बैशाख २० गतेसम्म निष्काशन गरिएकोमा कुल रु.७५ करोड आवेदन रकम प्राप्त भएकोमा आज २०८० बैशाख ३१ गते बाँडफाँड प्रक्रिया पूरा भएको हो।

यस निष्कासन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, सीडीएससी, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, सम्पूर्ण शुभेच्छुक तथा अन्य नियमन निकायप्रति योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले धन्यवाद ज्ञापन गरेको छ। निरन्तर सहयोग र सद्भावले क्यापिटललाई अझ बढी नवीनतम र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको सिटिजन्स क्यापिटलले जनाएको छ। यो योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेको छ।

प्रकाशित मिति : May 14, 2023 at 1:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/