८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

८३.४२ प्रतिशतले बढ्यो राधी विद्युत कम्पनीको नाफा, कस्तो छ वित्तीय अवस्था ?

३१ वैशाख, काठमाडौं । राधी विद्युत कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे विवरणअनुसार याे अवधिमा कम्पनीकाे  खुद नाफामा उल्लेख सुधार देखिएकाे छ ।

चालु आर्थिक वर्षकाे तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । याे नाफा गत आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा ८३.४२ प्रतिशतले बढी हाृे।  गत आर्थिक वर्षकाे चैत मसान्तसम्ममा कम्पनीले ४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

याे अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने केही घटेको छ । गत आवको तेस्रो त्रैमासमा १० करोड ९३ लाख बढीको विद्युत बिक्री आम्दानी गरेको थियो । समिक्षा अवधिमा भने कम्पनीकाे विद्युत बिक्री आम्दानी शून्य दशमलव ९८ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ४८.४८ प्रतिशतले बढेर ५९ लाख पुगेकाे छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड ५९ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ १० पैसा रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १२:५८