२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

तीन दलका शीर्ष नेताको छलफलमा सचेतकसहितका नेता पनि थपिए

३१ वैशाख, काठमाडाैं । प्रमुख दलका शीर्ष तीन नेताबीचको छलफलमा फेरि अन्य नेता तथा सचेतक थपिएका छन् । प्रधानमन्त्री निवास (बालुवाटार) मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएकाे छलफलपछि तीन दलका थप नेतासहित फेरि सामूहिक छलफल थालिएकाे हाे ।

छलफल संसद्‌को प्रभावकारिता, आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयकबारे छलफल भइरहेको बताइएको छ। यस्तै संसद्मा विधाराधीन संवैधानिक परिषद्सम्बन्धी विधेयकका सम्बन्धमा पनि छलफल भइरहेकाे बताइएकाे छ ।

प्रकाशित मिति : May 14, 2023 at 12:02 pm