२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नागरिक लगानी कोषले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

३१ वैशाख, काठमाडाैं । नागरिक लगानी कोष (सीआईटी)ले लाभांश घाेषणा गरेकाे छ । कम्पनी सञ्चालक समितिको वैशाख २९ गते बसेकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा अर्थ मन्त्रालयकाे सहमतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : May 14, 2023 at 11:20 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/