२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

भर्ने हाेइन त ? ५०० कित्तासम्म आवेदन दिन सकिने आईपीओ बिक्री खुला

३१ वैशाख, काठमाडाैं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज वैशाख ३१ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले  वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको  हाे ।

कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने ४३ करोड ५३ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको थियाे। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्नेछ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कुल कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको हो। विदेशमा रहेका नेपाली श्रमिकले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्मका लागि जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : May 14, 2023 at 11:00 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/