८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति ?

२८ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड र ज्योती विकास बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।

१) ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था

नेप्सेमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको १२ प्रतिशत बोनस बापतकाे ६ लाख ६३ हजार १०७ दशमलव १९१२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

२) ज्योती विकास बैंक

नेप्सेमा ज्योती विकास बैंकको ३ प्रतिशत बोनस बापतकाे  १२ लाख ८० हजार ३ सय २५ दशमलव ९९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १६:३४