१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

मोदी ईनर्जीको आईपीओ बाँडफाँडको मिति तय, सेयर पाउने भाग्यमानी कति ?

२८ वैशाख, काठमाडौं । मोदी ईनर्जी लिमिटेडले आइपीओ बाँडफाँडको मिति तय गरेको छ । कम्पनीले  वैशाख १९ गतेदेखि वैशाख २४ गतेसम्म सर्वसाधारणको लागि निष्काशन भएकाे आईपीओ वैशाख ३१ गते आइतबार बाँडफाँड गर्ने तयारी भएकाे बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएकाे छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८६ हजार ६२३ जना आवेदकबाट १ करोड ४३ लाख १२ हजार ९८० कित्ताका लागि आवेदन परेकाे छ ।  कम्पनीकाे आइपीओमा मागभन्दा बढी आवेदन परेको कारण कम्पनीकाे आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ५५ हजार ९४२ जना आवेदकले १०/१० कित्ता सेयर पाउनेछन् । माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा अन्तर्गत ५ लाख ५५ हजार ९४२ जना आवेदकले १०/१० कित्ता सेयर पाउनेछन् ।

कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। यस मध्य ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता सेयर पनि थप गर्दै ५९ लाख ९५ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

प्रकाशित मिति : May 11, 2023 at 4:20 pm