२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

प्रचण्ड, देउवा र ओलीबीचको छलफल सकियाे, के भयाे कुराकानी ?

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल सकिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  नेताहरूबीच कुराकानी भएको हो।

बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आजको भेटमा संसदीय समितिहरूको नेतृत्व, सत्य निरूपण तथा मेलमिलाप विधेयकलगायत विषयमा छलफल भएको जानकारी दिए। लेखकले भने, ‘आजको भेटघाटको मूल विषय भनेको संसदभित्रकै विषयको हो। बजेटको तयारी भइरहेको छ। नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने कुरा छ, विनियोजन विधेयकका कुरा आज सकिन्छ। त्यसपछि संसदको काम अघि बढ्छ’।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परेका बेला नेताहरूबीच भेटवार्ता भएको हो। तर यस विषयमा आज छलफल नभएको लेखकले बताए। एमाले अध्यक्ष ओलीले पनि लेखकको कुरामा सही थाप्दै भने, ‘रमेशजीले जे भन्नुभयो त्यही कुरा भएको हो’ ।

प्रकाशित मिति : May 10, 2023 at 4:16 pm