४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

संसद् सचिवालयलाई टोपबहादुरले पठाए बिरामी भएकाे पत्र

२७ वैशाख, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन्। संसद सचिवालयलाई उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएका हुन्।

रायमाझीलाई आजै एमालेले  पार्टीको सचिव पदबाट निलम्बन गरेको छ। महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : 15:08