यी हुन् आज सर्वाधिक काराेबार हुने कम्पनी
२७ वैशाख, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजार झिनाे अंकले घटेकाे छ । अघिल्लाे काराेबारकाे दिन दाेहाेराे अंकले बढेकाे बजार बुधबार भाे झिनाे अंकले घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४३ अकंले घटेर १८४१.९३ बिन्दुमा बन्द भएको छ ।
आज जम्मा ५८ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यस दिन हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । आज कम्पनीकाे ३ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ३ करोड ५२ लाख, शिवम् सिमेन्ट्सको ३ करोड २८ लाख, नेपाल टेलिकमको २ करोड ५६ लाख र एभरेष्ट बैंकको १ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १५:१२












