१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

२७ वैशाख, काठमाडौं । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे हाे।नेताहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ। शरणार्थी प्रकरण, संक्रमणकालीन न्याय, नागरिकता विधेयकलगायतका विषयमा छलफल भइरहेको जनाइएकाे छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका बेला बेला तीन दलका शीर्ष नेताहरु छलफलमा बस्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ। आजै मात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ।

प्रकाशित मिति : May 10, 2023 at 3:01 pm