२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

ज्ञानेन्द्र शाहीकाे प्रश्नः यो देश कस्ले चलाएको छ, नेपालीले कि विदेशीले ?

२६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्रपार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले, यो देश विदेशीले चलाएको टिप्पणी गरेका छन् ।काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले देश नेपाली नेताले नभई विदेशीले चलाएको टिप्पणी गरेका हुन् ।

उनले भने ‘ उनले भने यो देश नेपाल चै नेपालीले चलाको छ कि विदेशीले छ ? यदि नेपालीले चलाको भए त देशलाई नै भलो हुने किसिमका सिनहरुलाई काट्न नुहने हो । विदेशीले चलाको हुनाले उनीहरुका मालिक छन् ।’

उनले अहिलेका नेताहरु देश र जनताप्रति जिम्मेवार नभएको बताए । ‘आलोचना विनाको प्रजातन्त्र वास्तविक प्रजातन्त्र हुँदै होइन्’ उनले भने ‘ ३३ वर्षदेखिको व्यवस्थाले देश कँही पनि पुग्दैन् ।’

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १६:४६