१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ मानवअधिकारकर्मी सुवोधराज प्याकुरेलका ८ सुझाव

२८ असोज, काठमाडाैँ । नागरिक समाजका अगुवा वरिष्ठ मानवअधिकारकर्मी सुवोधराज प्याकुरेलले प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ ८ सुझाव दिएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत अधिकारकर्मी प्याकुरेलले ओलीसँग धेरै कुरा रहेको तर जम्मा दुई चार कुरामा अर्जुन दृष्टिको आवश्यकता रहेको भन्दै ८ बुँदे सुझाव दिएका हुन ।

प्याकुरेलले दिएको ८ बुँदे सुझाव 

१: यो घनघोर राजनीतिक संक्रमणको बेला हो र समाधानका प्रयास यसरी गरिरहेका छौँ भनेर नेता कार्यकर्ता र आम नागरिकलाई सरल मृदु र तार्किक ढंगले बताउने।

२: प्रधानमन्त्रीको सचिवालय विस्तारित र सक्षम बनाउने।

३: बिधी प्रकृया सुधार्ने र त्यसको परिपालना गर्ने।

४: अनुगमनलाई नियन्त्रक मात्र होइन परिचालक र सहजीकरणको सेतु बनाउने।

५: मन्त्रिमण्डलका हरेक सदस्य एकापसमा समग्र चिन्तनका समान साझेदार देखिने गरी कार्यप्रणाली र चिन्तन अभिव्यक्ति तथा संगतका शैली सुधार्ने।

६: ओलीको विशेषता वाचाल मात्र होइन, चहु दिशासंगको जीवन्त सम्वाद हो। एकोहोरो प्रवचन हुँदै होइन। त्यसको पुनर्स्थापन गर्ने।

७: ओलीको घनघोर आलोचनाको अवसर अब्यवस्थापनले गर्दा जागृत भएको हो। ब्यवस्थापन र प्रशासन फरक कुरा हुन। प्रशासन प्राविधिक कुरा हो। ब्यवस्थापन सिद्धान्त र बिधीसंग बढ़ी सम्बन्धीत छ।

८: निजामति प्रशासन ऐन र तत्सम्बन्धी सम्पूर्ण प्रकृयाको प्रतिस्थापन नगर्ने हो भने यसले सृजना गर्ने खुद्रा मसिना भ्रमले ठूला उपलब्धीलाई समेत नामेट पारिदिन बेर लाउँदैन ।

विकसित देशसँग सिके हुन्छ, मागे हुन्छ, विज्ञ आप्रवासीसँग अनुरोध अनुनय गरे हुन्छ । बिग्री हालेको छैन। तर बिगार गर्नेहरुको सलबलाहट र नेतृत्वमा रहेका विभिषणहरुको चालामाला सँच्चै चिन्ता गर्नुपर्ने तहमा पुगिसकेको छ।

प्रकाशित मिति : २८ आश्विन २०७५, आईतवार ०९:०६