२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सरकारी कर्मचारीमा ‘साइनिङ मनी’ लिने प्रवृति बढ्योः सांसद दाहाल

२६ वैशाख, काठमाडाैं । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारी कर्मचारीले हस्ताक्षर गर्दा पनि ‘साइनिङ मनी’ भनेर रकम लिने प्रवृति बढेको बताएका छन् । राष्ट्रिय सभामा जारी प्रि–बजेट छलफलमा सांसद दाहालले कर्मचारी, सचिवले साइनिङ मनी लिने गोजीमा हालिहाल्ने, ठेकेदारले मोबिलाइजेनशको रकम लिने क्रम वर्षौंदेखि चलिआएको भन्दै यसलाई रोक लगाउनु आवश्यक भएको बताए ।

उनले भने, ‘कर्मचारीले सचिवले साइनिङ मनी लिने, दुई प्रतिशत, तीन प्रतिशत कति हुन्छ त्यो गोजीमा हालिहाल्ने, ठेकेदारले मोबिलाइजेनशको रकम लिने । त्यो रकम अरु नै काममा लगाउने । यो भएपछि आयोजना लथालिंग हुन्छ । अगाडि बढ्दैन । वर्षौंदेखि यो क्रम बढिरहेको छ ।’

सांसद दाहालले विभिन्न माध्यमबाट भ्रष्टाचारको थपिंदै गइरहको भन्दै सरकारलाई भ्रष्टाचार न्यूनीकरणको लागि आवश्यक काम गर्न माग गरेका छन् । बजेटले जनताको पक्षमा छ कि पुँजीपतिलाई दलालहरुको पक्षमा भनेर प्रष्ट हुनुपर्ने पनि उनको भनाइ छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १२:२६