७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

लिबर्टी इजर्नीको नयाँ सञ्चालक समिति गठन, कार्यकारी अध्यक्षमा घिमिरे चयन

२६ वैशाख, काठमाडाैं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सञ्चालक समितिमा ५ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको वैशाख २५ गते सम्पन्न भएको ११औं, १२औं र १३औं साधारण सभाबाट संस्थापक समूहतर्फबाट ५ जना सञचालक निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित हुने संचालकहरुमा आत्मराम घिमिरे, श्याम बहादुर खड्का, राजेन्द्र वस्ती, पुरुषोत्तम घिमिरे र कविता पोख्रेल रहेका छन् भने सर्वसाधारण समूहबाट लोचन कोइराला निर्वाचित भएका छन् । साथै कम्पनीको स्वतन्त्र संचालकमा अनुज्ञा सापकोटालाई चयन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

साथै साधारण सभापश्चात् कम्पनीको बसेको सञ्चालक समितिको बैठकले डा. आत्मराम घिमिरेलाई सञ्चालक समितिको कार्यकारी अध्यक्षमा चयन गरिएको छ । कम्पनीको सो सभाले तीन आवको वार्षिक प्रतिवेदन र वित्तिय विवरण पारित गर्ने, संचालकहरुको चयन गर्ने र हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १२:००