८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

तपाईंकाे डिम्याट खातामा आयो त एक कम्पनीको ८ प्रतिशत बोनस सेयर ?

२५ वैशाख, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधनीकाे डिम्याट खातामा बोनस सेयर जम्मा गरेकाे छ । कम्पनीको २०७९ माघ २७ गते सम्पन्न २५औं वार्षिक साधारण सभाबाट पारित चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीकाे हितग्राहि खातामा जम्मा गरेकाे हाे ।

साथै, कम्पनीले हालसम्म भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा सेयर अभौतिकरण भएपश्चात स्वत्तः सम्बन्धित हितग्राहि खातामा बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १३:०५